काठमाडौं – चाबहिल–साँखु सडक खण्डको थलीमा बाटो मर्मतको माग गर्दै स्थानीयले आज बिहानैदेखि बाटो बन्द गराएका छन् ।
घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् ।
स्थानीय व्यवसायीहरुले एम्बुलेन्स र स्कुलका बसबाहेक अरु सबै सवारी साधनलाई आउ जाउ गर्न रोक लगाएका छन्।
बाटोमा राखेको सूचनामा थलीवासीहरुको स्वास्थ्य, दैनिक जीवन, आवत जावत, व्यापारमा नराम्रो असर भइरहेको र राज्य, स्थानीय सरकारको हेलचेक्राइ र फटाइ विरुद्ध सडक बन्द गराएको उल्लेख छ।