गुल्मीमाको मुसिकोट नगरपालिका–१ पौदीमा एक वृद्धा मृत भेटिएकी छन् । मृत फेला पर्नेमा ७९ वर्षीया सेतीदेवी पछाइको भएको खुलेको छ ।
जिल्लाको इश्मा गाउँपालिका-१ हस्तिचौरको बसेनी सामुदायिक वनमा शव भेटिएपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शव सडेको अवस्थामा भेटिएको छ ।
शव पोस्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ ।