अखिल क्रान्तिकारीको विवाद समाधान गर्ने जिम्मा प्रचण्डलाई

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको विवाद समाधान गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । उपाध्यक्ष कृष्णबहादुर महराका अुनसार शनिबार बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डलाई सो जिम्मेवारी दिएको हो ।

अखिल क्रान्तिकारीको अधिवेशनबाट अध्यक्षमा पञ्चा सिंह चयन भएकी थिइन् । पदाधिकारी गठन एकलौटी गरेको भन्दै असन्तुष्ट पवन कार्की समूहले समानान्तर समिति गठन गरेको छ । यसअघि प्रचण्डले दुवै पक्षलाई बोलाएर छलफलसमेत गरेका थिए ।

सम्बन्धित समाचार