माओवादीले बनायो १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।

समितिमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल,गणेश साह, परशुराम तामाङ, अमृता थापा, परशुराम रम्तेल, जगत सिंखडा, जाकिर हुसेन, हरि रोका, मीनबहादुर श्रेष्ठ, मीरा ढुंगाना र कृष्ण चौधरी रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार