पदाधिकारी टुंगो लगाउन माओवादी स्थायी कमिटी बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघिबाट जारी बैठकमा पदाधिकारी घोषणाका साथै अन्य महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन । स्रोतका अनुसार महासचिवमा देव गुरुङको संभावना बढेको छ। यसअघि महासचिवको चर्चामा रहेका नेताद्वय वर्षमान पुन र जनार्दन शर्माबीच सहमति जुटाउन नसकेपछि तेस्रो व्यक्तिलाई महासचिव बनाउने तयारी भएको हो ।

माओवादीको विधान अनुसार पदाधिकारीमा अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, अन्य उपाध्यक्षहरु, महासचिव १ जना, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ।

सम्बन्धित समाचार