बालेन र हर्कको ‘लौरो ब्याटल’

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच चलेको छ । दुईवटै स्वतन्त्र मेयरबीचको घोचपेचलाई धेरैले केटाकेटी पनको रुपमा व्याख्या गरेका छन् ।

मेयर साम्पाङले बुधबार साँझ सामाजिक संजालमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस लेखेका थिए । उनको पोष्टमा काठमाडौँ महानगरका मेयर बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

साम्पाङले पुनः अर्को पोस्ट गर्दै आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा भनि बालेनको आलोचना गरे ।

यसमा बालेनको कुनै कमेन्ट छैन । तर साम्पाङ यत्तिमा रोकिएनन् । अर्को पोष्ट गरे । तेस्रो पोष्टमा साम्पाङले कुरा भन्दा धेरै काम गर्न बालेनलाई सुझाव दिए ।

उनले लेखेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखुरा बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’

यसरी दुई मेयरबीचको वाक युद्धलाई धेरैले आलोचना गरेका छन् । पछिल्लो समय बालेनले हर्कको पोष्टहरुमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर हर्कले चाँहि बालेनविरुद्ध प्रहार गर्न छोडेका छैनन् । हर्कले फेसबुक लाइभमा समेत बालेनविरुद्ध विभिन्न टिप्पणी गरेका छन् ।

सम्बन्धित समाचार