काठमाडौँलाई सफा बनाउछौँ : बालेन शाह

काठमाडौँ– शुक्रबार २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने उल्लेख गरेका छन् ।

‘काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ’ उनले भनेका छन् ।

यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहने र सर्वसाधारणको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि आफूहरु आभारी रहेको शाहको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार