सत्तारुढ गठबन्धनका शीष नेताको बैठक बालुवाटारमा जारी

'सिट बाँडफाँट र चुनावी रणनीतिको विषयमा छलफल हुँदै'

काठमाडौँ– सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत रहेका छन् ।

गठबन्धनमा मंसिरमा हुने निर्वाचनका लागि सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएका बेला शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेपनि कुरा मिल्न सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभामा कुन दललाई कति सिट भागबण्डा गर्ने भन्नेमा कार्यदलमा कुरा नमिलेपछि कार्यदल सदस्यले शीर्ष नेतासँग छलफल गरेर मोडालिटी तयार गर्ने जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार