थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय ८७ जना संक्रमणमुक्त

'संक्रिय संक्रमितको संख्या पाँच हजार भन्दा धेरै'

काठमाडौँ– शुक्रबार ६ सय २३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९४५ जनामा गरिएको परीक्षणमा ६ सय २३ जना संक्रमित भेटिएका हुन्।

आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ४ सय ८७ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ६ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् भने ४९ जना आइसियू र १९० जना संस्थागत आइसोलेशनमा रहेका छन्। हाल ४ हजार ८३४ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार