कांग्रेस नेता गिरिको आइसियूमा राखेर उपचार गरिदैँ

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रदीप गिरिको सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार भइरहेको छ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि आइसियूमा राखेर उपचार सुरु गरिएको हो ।

पछिल्लो समय गिरिको स्वास्थ्यमा थप समस्या देखा परेको छ।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार गिरिलाई भेट्न मेडिसिटी अस्पतालमा पुगेका थिए। त्यसयता कांग्रेस नेताहरू र गिरिका शुभचिन्तक उनलाई भेट्न गइरहेका छन्।

गिरिको स्वास्थ्यमा थप समस्या भएकोले भेटघाट र भीडभाड अस्पतालले आग्रह गरेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार