जोरायल गाउँपालिकाका अध्यक्षले प्रयोग गर्ने गाडी दुर्घटना

धनगढी – डोटीको जोरायल गाउँपालिकास्थित रूवस काँडामा बोगटान फुड्सिल गाउँपालिकाको गाडी दुर्घटना भएको छ।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको बा २ झ ३८७३ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो। धनगढीतर्फ आइरहेको गाउँपालिकाको जिप र विपरीत दिशाबाट आइरहेको कुखुरा बोकेको अर्को जिप ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना हुँदा मानवीय क्षति नभएको तर गाडीमा क्षति पुगेको बताइएको छ। जिपमा एकजना वडाध्यक्ष र व्यापारीहरू सवार रहेका थिए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार