नागरिकता विधेयकले राष्ट्रियतालाई थप बलियो बनाउँछ : गृहमन्त्री खाँण

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट दोस्रो पटक बहुमतले पारित नागरिकता ऐन संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन्।

श्री कृष्ण जन्माअष्टमीको अवसरमा काठमाडौंमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले नागरिकता पाउन नसकेका आमाबाबुका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने बताएका हुन् ।

‘नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनु पर्ने थियो । तर, २०७२ सालमा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन।’ उनले भने ‘अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नमगरिकता दिन विधेयक अगाडि बढाएको हो।’

विधेयकको पक्षमा सबैले साथ दिनु पर्नेमा निर्वाचन नजिकिएकाले केही दलहरुले नभएका कुरा प्रचार गरेको पनि उनले बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार