गठबन्धन सरकारले जनताका कुरा सुन्दैन : केपी ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारले जनताका कुरा नसुन्ने बताएका छन्।

नेपाल स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीको तेस्रो अधिवेशनलाई शनिबार झापामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यसो भनेका हुन्।

‘एमालेको सरकार हामी यस पटक निश्चित रूपमा बनाउँछौँ, चाहे गठबन्धन जोसुकैले गरुन्, जेसुकै गरुन्’, उनले भने, ‘गठबन्धनमा जनता सामेल छैनन्, गठबन्धनमा नेता मात्रै छन्।’

सत्ता गठबन्धन विकासविरोधी आपराधिक भएको ओलीले दाबी गरे।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार