कुमारी बैंकबाट आईपीओ भर्दा शुल्क नलाग्ने

कुमारी बैंक लिमिटेडले भदौ १ बाट लागू हुने गरी आफ्नो सम्पूर्ण खातामा सी-आस्बा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

भदौ १ उपरान्त कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायतका पुँजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क लाग्ने छैन ।

ग्राहकको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले सो छुट ल्याएको हो। यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थीलगायत कुमारी बैंकका सम्पूर्ण खाताधारकलाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ  ।

आफ्ना देशव्यापी १९७ शाखा–सञ्जाल, १९१ एटीएम, ४९ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवासुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार