काठमाडौँको फोहोर केही दिनमा नै उठाएर सक्छौँ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहर केही दिनमा उठाइसकिने बताएका छन् ।

सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेको र आज मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर शाहले जानकारी दिए । शाहले आफूहरुसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेकाले समस्या रहेको बताएका छन् ।

ुयहि अवस्था कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ । हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ ु शाहले भनेका छन् ।

फोहर उठाउन महानगरले यातायात व्यवसायीसँग सहयोग लिएको थियो ।

महानगरको आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर , नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायतलाई उनले धन्यवाद दिएका छन् । महानगरलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थालाई सम्पर्क गर्न शाहले आह्वान गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार