चितवनमा जीपकाे ठक्करबाट एक बृद्धको मृत्यु ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ भाद्र ३, शुक्रबार १२:०५ काठमाडौं । चितवनको रत्ननगरमा बोलेरोले जीपलाई ठक्कर दिँदा एक जना बृद्धको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर राना मगरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन । फेसबुकबाट प्रतिक्रिया