श्रीलंकाका पूर्व राष्ट्रपतिले दिए ग्रिन कार्डका लागि आवेदन

काठमाडौँ– श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले अमेरिकामा बस्नका लागि ग्रीन कार्डका लागि निवेदन दिएका छन् । गत महिना श्रीलंकामा जनताले उनको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन गरेका थिए जसका कारण उनी देश छोडेर भागेका थिए । मिडिया रिपोर्टका अनुसार उनकी श्रीमती र छोरा अमेरिकामा सेटल भइसकेका छन् ।

श्रीलंकाको पत्रिका डेली मिररले स्रोतलाई उद्धृत गर्दै अमेरिकामा रहेका राजापाक्षेका वकिलहरूले गत महिना मात्रै उनलाई ग्रीन कार्ड दिने प्रक्रिया सुरु गरेको दाबी गरेको छ । उनकी श्रीमती लोमा राजपाक्षे पहिले नै अमेरिकी नागरिक भइसकेकाले उनले ग्रीन कार्डका लागि आवेदन दिन सक्नेछन् । गोटाबायासँग अमेरिकी नागरिकता पनि थियो, तर २०१९ मा श्रीलंकाको राष्ट्रपति चुनावमा भाग लिन उनले अमेरिकी नागरिकता त्यागे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार