आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं –नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

बिहिबार प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार पनि सुन तोलामा ३ सय रुपैयाँले घटेको थियो ।

तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार