माछा मार्ने क्रममा करेन्ट लागेर बाबु छोराको मृत्यु, आमा घाइते

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, आमा घाइते भएकी छिन् ।

मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् ।

विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा बिहीबार उनीहरुलाई करेन्ट लागेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार