माओवादी बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

बिहीबार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेर दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।

पुनः ६ बजेका लागि बोलाएको बैठक शुक्रबार बिहान ८ : ३० बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबार ८ बजेका लागि बोलाइएको माओवादी स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार