पाँचथर । पछिल्लो समय पाँचथरमा नागरिक्ता र राहादानी लिनेको संख्यामा वृद्धि भएको छ ।
आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आर्थिक वर्ष ०७८/०७९ मा नागरिकता र राहदानी लिनेको संख्यामा दोब्बरले वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्षमा कोभिडका कारण कार्यालयमा सेवाग्राही आउन नसक्नु र कोभिडपछि वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि हुनु जस्ता कारणले नागरिकता र राहदानी लिनेको संख्यामा वृद्धि भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।
गत आ.व.०७७/०७८ मा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय रविबाट ३ हजार ४ सय ५९ जनाले नयाँ र १ हजार ९ सय २ जनाले प्रतिलिपि नागरिकता लिएका थिए भने आ।व।०७८/०७९ मा दोब्बर वढीले नागरिकता र राहदानी लिएका छन् ।
यस्तै त्यस आ.व.को तुलनामा गत आ।व।०७८/०७९ मा दोब्बर वढीले नागरिक्ता र राहदानी लिएका थिए । आ.व.०७८/०७९ मा ७ हजार ७३ जनाले नयाँ र २ हजार ९ सय ४६ जनाले प्रतिलिपी नागरिकता लिएका थिए । यस्तै, ७ जना महिलाले वैबाहिक अंगिकृत नागरिकता लिएका थिए ।