कोरिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – दक्षिण कोरिया पठाइदिन्छु भनेर ७ लाख ५० हजार रूपैयाँ ठगी गर्ने झापा अर्जुनधाराका ३४ वर्षीय दिनेश खतिवडा पक्राउ परेका छन्।

काठमाडौं सितापाइला बस्दै आएका खतिवडाले काभ्रेपलान्चोक तेमाल गाउँपालिका मुक्पाटारका ४० वर्षका रुपलाल लामाबाट सो रकम लिएर सम्पर्कविहीन भएका थिए।

खोजीका क्रममा आज दिउँसो मीनभवनबाट उनलाई पक्राउ गरि वैदेशिक रोजगार विभागमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

खतिवडाले लामालाई दक्षिण कोरिया वर्किङ भिसामा जानको लागि १० लाख रूपैयाँ लाग्ने र पुगेपछि प्रतिष्ठित होटलमा काम लगाईदिने प्रलोभनमा पारेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार