बागलुङमा टाउको नभएको शव भेटियो

बागलुङ – बागलुङको निसीखोलामा टाउको नभएको शव भेटिएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोला बजारनजिकै वडा नम्बर ५ कामीडेराका २४ वर्षीय तुलबहादुर विकको शव फेला परेको हो।

शुरुमा शव पत्ता लगाउन नसके पनि उनको हातमा रहेको ट्याटुको आधारमा विक नै हुन् भन्ने पुष्टि भएको हो। उनको टाउको भने भेटिएको छैन। युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ।

स्थानीयले बिहान १० बजेतिर निसीखोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी टोली घटनास्थलमा गइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार