आफैले काटेको रुखले थिचेर एक जनाको मृत्यु

धनकुटा– धनकुटाको छथरजोरपाटी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ ।

छथरजोरपाटी –५ परेवादिनमा बिहीबार दिउँसो रुख काट्ने क्रममा सोहि रुखले थिचेर स्थानिय २८ बर्षिय मनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखले थिचेका राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार