‘जनता अक्सिजन र शैया अभावले छट्पटिरहेका बेला चुनावमा जाऊ भन्न कुन मानवीयताले दिन्छ ?’

नेपाली कांग्रेसका नता प्रकाशमान श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै कसैको सनक र अहंकारको मूल्य देशले चुकाउन नसक्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता सिंहले कोरोना महामारीका बेला देशको प्राथमिकता जनताको जीवन रक्षा हुनु पर्नेमा मध्यरातमा संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताएका छन् । यो प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने उनको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहको प्रतिक्रिया छ, ‘अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् ।’

‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो । तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ,’ उनले सामाजिक सन्जालमा लेखेका छन् ।

संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको भन्दै उनले यो घटनाको जति भत्सर्ना गरेपनि कम हुने बताएका छन् । ‘देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन सक्दैन । मध्यरातमा चालिएको असंवैधानिक कदमको म घोर भर्सना गर्दछु,’ उनले लेखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार