काठमाडौँ– बलात्कारको आरोपमा प्रहरीले भक्तपुरबाट एक पुरूषलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
रामेछाप खाँडादेवी गाउँपालिका– ८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने ४४ वर्षीय पदमध्वज भण्डारीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बिहीबार बिहान साढे १० बजे पक्राउ गरेको हो।
उनीविरूद्ध चितवन जिल्ला अदालतबाट मंगलबार पक्राउ पूर्जी जारी भएको थियो।