माओवादीमा पदाधिकारी लगभग टुंगियो, गुरुङलाई महासचिव बनाउने तयारी

'पाँच जना उपाध्यक्ष हुँदा श्रेष्ठलाई बरिष्ठ उपाध्यक्षको जिम्मेवारी'

काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँच जना नेताहरुलाई उपाध्यक्षको जिम्मेवारी दिने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेको प्रचण्ड निकट स्रोतले बताएको छ ।

नेताहरुका अनुसार बिहीबार नै बस्ने बैठकमा प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् । देव गुरुङ महासचिव हुने लगभग निश्चित भइसकेको छ । प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।

महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार