पार्टीको बन्धनका कारण सांसदले नागरिकता विधेयकको विरोध गरेनन् : काँग्रेस सांसद चौधरी

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले नागरिकता विधेयक ठिक नभएको बताएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै चौधरीले सत्तारुढ दलका अरु सांसदहरूलाई पनि नागरिकता विधेयक राम्रो नभएको लागे पनि पार्टीको बन्धनले विरोधमा बोल्न नसकेको बताईन् ।
चौधरीले आफूले निर्णयार्थ प्रस्तुत गर्दा पक्षमा मतदान गरेपनि नागरिकता विधेयक राम्रो नलागेको कुरा भन्नैपर्ने बताइन् ।

‘नागरिकता विधेयकलाई दलको हिसाबले समर्थन गरौंला तर व्यक्तिगत हिसाबले, मेरो आत्माले ठिक मानेको छैन भन्ने कुरा राख्न चाहन्छु । किनभने आज सबै नागरिक आन्दोलित छन् । हामी यो चुनावको समयमा किन पारित गरिरहेका छौं ? पाँच महिना पछि त नयाँ सरकार नयाँ सदन आइहाल्छ । सात वर्ष ढिला गर्‍यौं भन्छ । सात लाख नागरिकले नागरिकता पाइरहेका छैनन् ।’

उनले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नागरिकता प्राप्त गर्ने समयावधि राख्नुपर्ने अधिकांका सांसदहरूको रहेको दाबी गरिन् । सांसद चौधरीले वैवाहिक अंगीकृत नागरिकताबारे समयसीमा राख्नैपर्ने बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार