२७.७२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

साताको पाँचौँ दिन बिहिबार सेयर बजारमा २७ अंकको सुधार देखिएको छ। कारोबारको सुरुदेखि केहि समय स्थिर रुपमा रहेको बजार अन्त्यमा २७.७२ अंकले बढेर परिसूचक २०६८.४२ बिन्दुमा रोकिएको छ ।

बजारमा आज २२० कम्पनीको ५१ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४१ हजार पटकको खरिदबिक्रीसँगै कुल कारोबार रकम २ अर्ब पुगेको छ।

कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूहको ७.६१, विकास बैंक ११७, वित्त कम्पनी ५३.९३, जलविद्युत ७२.३४, जीवन बीमा ५२.२०, उत्पादन तथा प्रशोधन समूहको ५३.२०, माइक्रोफाइनान्स ६१.४१, निर्जीबन बीमा समूहको उपसूचक ५६.५० अंकले बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार