काठमाडाैँ- एमाले सांसद भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रिय हितमा काम गरेको बताएका छन् र
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक माथिको छलफलका क्रममा उनले राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ११३ को उपधारा ३ अनुसार फिर्ता गरेको नागरिता विधेयक देश हितका लागि गरेको बताए । राज्यव्यवस्था समितिको प्रतिवेदनका आधारमा विधेयक फिर्ता पठाउनु उचित मात्र नभई राष्ट्रियताका लागि कर्तव्य पालना नै गरेको उल्लेख गरे ।
संविधानको धारा ११४ अन्तर्गत जारी अध्यादेशलाई धारा ११३ अन्तर्गत पुनर्विचार गर्न फिर्ता पठाउनुलाई एउटै रुपमा हेर्न नहुने बताए । सांसद रावलले भने, ‘नागरिकता नपाउने को हुन्, कतिले पाएका छैनन्, कतिले गैरकानुनी रुपमा नागरिकता पाएका छन्, त्यसको छानविन हुनुपर्छ ।’
साथै रावलले बैठकमा कविता समेत सुनाएका थिए । ‘देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ
नागरिकता जस्तो सस्तो छ साह्रै स्वाधिनता दाउमा छ ।’ उनले सुनाए ।