राप्ती नदीमा डुंगा दुर्घटना, २५ विद्यार्थी घाइते

काठमाडौँ– दाङको राप्ती नदीमा डुंगा दुर्घटना हुँदा २५ विद्यार्थीहरु घाइते भएका छन् । विद्यालय जान डुंगामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका हुन् ।

लमही नगरपालिका–९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका– ७ स्थित मावि सिक्टामा विद्यार्थीहरु जाँदै थिए ।

बिहीबार बिहान साढे ९ बजेतिर डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण अवस्था जटिल रहेको
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जनाकारी दिए ।

६–७ जना बस्ने मिल्ने र माछा मार्नका लागि निर्माण गरिएको सानो डुंगामा क्षमताभन्दा बढी २५ जना विद्यार्थी एकैसाथ तार्ने प्रयास गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार