पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन

पिपुल्स पावर कम्पनीको आइपीओमा एक अर्ब चार करोड ३८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार २ भदौ बिहान १०ः०५ बजेसम्ममा नौ लाख ३ हजार ६६६ जनाले एक करोड चार लाख ३८ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.५४ गुणा बढी आवेदन हो ।

पिपुल्स पावरले ३१ साउनबाट सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो । योमध्ये ५ प्रतिशत अर्थात् एक लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा ५ भदौसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार