महिलाहरु उद्यमी हुँदा देशको आर्थिक विकासमा सहयोग पुग्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाहरुलाइै उद्यमी बनाउनु पर्ने बताएका छन् । यसले मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने उनको दाबी छ ।

महिला उद्यमी महासंघले गरेको अन्तर्राष्ट्रिय महिला व्यापार मेलामा बोल्दै प्रधानमन्त्री देउवाले मेलाले महिला उद्यमशिलता विकासको क्षेत्रमा थप सहयोग पुर्‍याउने अपेक्षा गरेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले स्वदेशमै उद्यम व्यवसाय गर्न सके कसैले पनि रोजगारीका लागि भौतारिनु नपर्ने बताए ।

‘यहाँ सातवटै प्रदेशका महिलाहरूले उत्पादन गरेका वस्तु र सामाग्रीहरुको प्रदर्शनी छ । ताप्लेजुङदेखि डडेलधुरासम्मका, दुर्गम गाउँका महिला उद्यमीहरूले समेत यहाँ भाग लिन पाउनुभएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले महिलाहरूले उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा मात्रै होइन, महिला उद्यमीहरूबीच आपसी सीप र व्यवसायिक ज्ञान आदानप्रदान र समन्वयको समेत वातावरण बन्नेछ भन्ने अपेक्षा गरेको छु ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार