नागरिकता विधेयकमा जनताको पनि प्रतिक्रिया लिनुपर्छ : एमाले

'सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रिय सहमति गरौँ'

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयकलाई राष्ट्रिय सहमति गर्नुपर्ने बताएको छ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार प्रतिनिधिसभामा सुरु भएको छलफलमा भाग लिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद नियमावलीअनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताए ।

उनले सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग समेत गरेका छन् ।

सत्तासँग बहुमत भएपनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै उनले भने, ‘जबर्जस्ती गरेर टाउकोको गिन्तिका आधारमा गर्ने हो भने यसको परिणाम राम्रो हुँदैन ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार