सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहिबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

यसअघि प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर ९५ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । यसैगरी ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई आज ९७ हजार ४०० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १९५ रुपैयाँमा कारोबार हुनेछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार