कसको शासनकालमा कति बेचियो देश, यी हुन बिपीदेखि केपीसम्मका राष्ट्रघात

विश्वेश्वर प्रसाद कोइरालाले निम्ताएको नेपालमाथिको भारतीय दबदबा

केहिदिनदेखी नेपालमा राष्ट्रवादी बन्ने दौडमा नेपाली राजनीतिक दलले आफुलाई अव्बल बनाउन खोज्दैछन । छिमेकी भारत र चीनको सिमानामा पर्ने नेपाली भूमि लिपुलेक र लिम्पियाधुराको विषय अहिले पेचिलो बनेको छ । नेपाली भूमिमा भारतले एकतर्फी रुपमा सडक बिस्तार गर्ने तथा संरचना निर्माण गरेपछि यो विषयले नेपालको सडकदेखी सदनसम्म चर्चा पायो । त्यसो त केहि समयपहिले नेपालको उक्त भूमि समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि बहसमा आएको यो विषय सडकनिर्माण हुदाँसम्म थप पेचिलो बन्दै गयो । भारतीय नाकाबन्दीका बेला नेपालमा राष्ट्रवादी छबी बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथी यसले थप दबाब सिर्जना गर्नु अस्वभाविक थिएन ।

तर परिस्थिती भिन्न थियो । सिङ्गो देश विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको महामारीसँग जुधिरहेका बेला नेपालको पनि मुख्य ध्यान यसैमा केन्द्रित भएकाले सिमाअतिक्रमणको विषयमा छाँयामा पर्ने चिन्ता धेरैलाई थियो । तर राष्ट्रवादी स्वाभिमानी नेपालीको दबाब कारण वर्तमान सरकारले नेपालीभूमिमाथी भारतीय पक्षले गरेको अतिक्रमणको बिरोध स्वरुप कुटनीतिक नोट पठायो । यत्तिमा मात्रै सिमित रहेन सरकार वर्षोदेखी प्रचलित नेपालको गलत नक्सा फेरेर अतिक्रमित भूमिसहितको नयाँ नक्सासमेत सार्वजनिक गरेको छ । हुनत नेपालले सार्वजनिक गरेको नयाँ नक्सा गलत भएको भन्दै भारतको विदेश मन्त्रलायले यसको बिरोध गरेको छ । तर नेपाल सरकारले भने नक्सामात्रै होईन अब भारतीय पक्षले अतिक्रमण गरेको भूमि फिर्ता गर्ने उद्घोष गरेको छ । तर नेपालका राजनीतिक दल र यसको नेतृत्वका कारण नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा मात्रै होईन यस्ता दर्जनबढि स्थानको नेपाली भूमि भारतीय अतिक्रमणमा परेका छन ।

आजभन्दा २ सय वर्ष पहिले नेपाल लगभग २ लाख हेक्टर क्षेत्रफलमा फैलिएको थियो ।

त्यतिबेला नेपाल पुर्वमा टिष्टा देखि पश्चिममा काँगडासम्म थियो । नेपालको भूभागमा विदेशी शक्तिको आँखा गड्यो । फलस्वरुप अंग्रेजले नेपालमाथी आक्रमण गर्‍यो । आक्रमणपछि पनि नेपाल अंग्रेजसँग नझुकीकन एक स्वाधिन राष्ट्रमा परिणत भयो । यद्यपी नेपाल अहिलेको सानो भूभागमा सिमित हुन पुग्यो ।

नेपालमा विभिन्न शासकहरुले राज्यसत्ता चलाउँदै आए । कहिले राणा शासन त कहिले प्रजातन्त्रको नाममा देशमा शासन चलिरह्यो । नेपालमा राणा शासनको पतनसँगै प्रजातन्त्रको उदय भयो । त्यहीबेलादेखि नेपाल असमान सन्धिको चपेटामा पर्‍यो । विदेशीसामु लाचार नेतृत्वले देश बेचेरै सत्ता टिकाउने प्रयत्न गरे । जसका कारण वर्षो देखी नेपालमा गलत नक्साको प्रयोग गरियो । छिमेकीसँग असमान सन्धि सम्झौता भए । जुन एउटा स्वाधिन राष्टका लागी पारिएका गहिरा घाऊँ थिए र आज बल्झिरहेका छन दुःखीरहेका छन । सत्ता टिकाउनैका निम्ति २०४८ सालमा भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरे । सत्ता टिकाउने मात्रैउद्देश्यले नेपाली कांग्रेस र एमालेले २०५३ साल असोज ४ गते महाकाली सन्धिलाई नेपालको संसदबाटै अनुमोदन गरिदिए । जसको चर्चा अहिले पनि जिवितै छ । आज हामी तपाईले गलत नेतृत्वका कारण कुन समयमा कसले कति र कसरी देश बेच्यो भन्ने चर्चा गदैंछौ ।

१.मातृका कोईराला :
विक्रम सम्बत् २०११ बैशाख १२ गते स्व .मातृका प्रसाद कोईरालाले भारतसँग कोशी सम्झौता गरे । कोशी सम्झौताको आधारमा भारतले नेपाली भूभागमा पर्ने कोशी नदीमा बाँध बनायो । कोशीले भारतको विहारमा पुर्‍याउने क्षतिका अलावा भारतीय भूमि सिंचाईकालागि भन्दै बाँध बनाईएको थियो ।अहिले उक्त कोशी सम्झौताले उत्पन्न गर्ने समस्याका कारण ३ लाख नेपाली प्रभावित भईरहेका छन् । त्यसो त बिहारका लाखौं नागरिक समेत यसबाट प्रभावित हुने गरेकाले कोशी सम्झौतालाई अहिले पनि विहारको दुःखका नामले समेति चिनिन्छ । वर्षातमा कोशीले पु¥याउने क्षतीले गर्दा अहिले उक्त सम्झौता नेपाल भारत दुबैको लागी टाउँको दुःखाईको विषय बनेको छ ।

२. बिपी कोइराला : 
हुनत नेपालको राजनीतिमा विश्वेश्वरप्रसाद कोइरालाको चर्चा लोकप्रिय नेताका रुपमा गरिन्छ । तर कोइरालाले विक्रम संवत् २०१६ मंसिर १९ मा आफ्नो सत्ता टिकाउनकै लागी गण्डक सम्झौता गरेका थिए । नेपालको लागी राष्ट्रघाती सम्झौता मानिएको गण्डक सम्झौताले नेपालको पानीमा सबै अधिकार भारतको थियो । त्यस्तै अहिले सबैभन्दा बढि देशको टाउको दुःखाई बनेको कालापानीको कारण पनि विपि कोईराला नै थिए । विपिले कालापानीमा भारतीय सैनिक तैनाथ राख्ने सम्झौता समेत गरेका अहिले पनि नेपाली भूमिमा भारतीय सेनाले परेड खेलिरहदाँ स्वाभिमानी नेपाली टुलुटुलु हेरेर बस्न बाध्य छन । तत्कालिन नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद कोईरालाले गरेको यो गम्भीर राष्ट्रघात थियो ।
नेपालका राजालाई कमजोर बनाएर सत्तामा पुग्ने नियतले यो मात्रै होईन विपिले गरेका दर्जनौ राष्ट्रघातका घटना अहिले पनि छायाँमा छन ।

उनले गरेको अर्को राष्ट्रघाती सम्झौता शान्ति, सेना र हातहतियार सम्बन्धी थियो । त्यसबाहेक यता राजासँगको मेललिपालको कुरा उठाएर तत्काल आफैले चाहेजसरी कमजोर पार्न असम्भव राजतन्त्रको आड लगाउने र सत्तामा पुग्ने रणनीतिमा बिपीले समेत नेपालमा गद्दारी गरेका थिए । नेपालको राजतन्त्र कमजोर पार्ने नाममा नेपालको राजनीतिमा भारतको दबदबा बढाउने कामको थालनी तत्कालिन प्रधानमन्त्री एंव काँग्रेस नेता बिपी कोइरालाकै कारण शुरु भएको हो ।

३. गिरिजाप्रसाद कोइराला र सुशिल कोईराला :
२०४६ सालपछि नेपालको राजनीतिमा सबैभन्दा बढि हालिमुहाली गरेका गिरिजाप्रसाद कोईरालाले टनकपुर सम्झौता गरे । उतिबेलै टनकपुर संन्धि राष्ट्रघाती भएको भन्दै अन्तर्राष्ट्रिय रुपमा मुद्दा हाल्ने तरखरमा रहेको बेला मदनभण्डारीको २०५० जेठ ३ मा हत्या भयो । त्यस्तै सुशिल कोईरालाले माथिल्लो कर्णाली परियोजना, पश्चिम सेति परियोजना तथा अरुण तेस्रो जस्ता सम्झौता समेत गरे ।

सत्ताको दुरुपयोग गर्दै गिरिजा प्रसाद कोईरालाले मर्नु भन्दा अगाडी पश्चिम सेती, अरुण ३ र माथिल्लो कर्णाली जस्तो सबै भन्दा घातक सन्धि भारतसँग गरिदिए जुन सन्धि अनुसार ति नदिनालामा अबदेखि नेपालको कुनै पनि किसिमको अधिकार हुने छैन् ।

४. केपी ओली, माधव नेपाल र शेर बहादुर देउवा :
नेपालको सवैभन्दा राष्ट्रघाती मानिएको महाकाली सन्धिमा हस्ताक्षर गर्ने प्रमुख श्रेय केपी ओलीलाई जान्छ । जानकारहरुका अनुसार उक्त सम्झौता गर्नमा गिरिजा, केपी ओली, माधव नेपाल र शेर बहादुर देउवाको प्रमुख हात थियो । अहिले पनि भारतले नेपाल डुबानमा पर्नेगरी पश्चिमको महाकाली देखी पुर्वको मेची नदि सम्म २० बटा भन्दा बढि बाँध अन्तर्राष्ट्रिय नियम बिपरीत नेपालको स्विकृती नलिई बनाई सकेको छ ।

मदन भण्डारीको मृत्युपछि एमाले महासचिवको पद सम्हालेपछि भारत भ्रमणमा गएका माधव कुमार नेपालले भारत भ्रमणबाट फर्केपछि केपी ओलीको साथमा महाकाली सन्धिको पक्षमा उभिएर संसदबाटै अनुमोदन गरेको थियो ।

नेपाली जनतालाई महाकाली सन्धि गरेर फाइदै फाइदा हुन्छ भन्दै ढाँटेर २०५३ असोज ४ गते शुक्रबार मध्यराति संसद्बाट अनुमोदन गरिएको थियो । यो सन्धिको त्यतिबेला हजारौं जनताद्वारा बिरोध हुदाँहुदै जबरजस्ती सदनमा पास गरिएको थियो । त्यो सन्धि त्यतिबेलाको सत्तारुढ दल नेपाली काँंग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० विशेषत ओली र माधव कुमार नेपाल मिलेर भारतलाई सुम्पेका थिए ।

महाकाली सन्धिमा हस्ताक्षर नगर्नेहरुको नेतृत्व वामदेव गौतमले गरेका थिए जसमा सहाना प्रधान, राजेन्द्र श्रेष्ठ, सीपी मैनाली लगायतका नेताहरुले नेकपा माले गठन गरे । पछि वामदेव लगायतका मालेका धेरै नेताहरु एमालेमै फर्किए भने सीपी मैनाली लगायतका नेताहरु मालेमै रहे । त्यसको त राष्ट्रियताको पक्षमा खरो उत्रिएका तत्कालिन माओवादी नेताहरु पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईदेखी पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले समेत भारत रिझाउने सवालमा राष्ट्रघाती निर्णय गरेर अघि बढेको आरोप लाग्ने गरेको छ । आफ्नो सत्ता टिकाउँ प्रभूको शरणमा ढोग्ने र नेपालका नदिनाला बेच्ने परम्परा चलाउँदै आएका   नेपालका राजनीतिक दलहरुले यो क्रमलाई अझै निरन्तरता दिईरहेका छन् ।

सत्ता टिकाउन र प्रभु रिझाउने सवालमा स्खलित हुदै गरेकोे गरेको राष्ट्रवाद लिपुलेक र लिम्पियाधुराको सवालमा कहाँ पुगेर टुंगिन्छ यो हेर्न बाँकी छ । तर नेपालमा बिपीले भित्राएको भारतीय दबदबाको अन्त्य केपीले गर्न सकुन ठिक यो. बेला वर्तमान सरकारले गरेको पहलले स्वाभिमानी नेपालीको शिर उचो पारेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार