सहमतिपछि पनि काठमाडौँको फोहोर विर्सजनमा अवरोध

'पक्राउ परेको युवाको रिहाइ हुनुपर्ने मागसहित स्थानीय आन्दोलित'

काठमाडौँ — बिहिबार पनि काठमाडौको फोहोर विर्सजनमा बञ्चरेडाँडका स्थानीयहरुले अवरोध गरेका छन् । काठमाडौँबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले विहीबार विहानैदेखि अवरोध गरेका हुन् ।

बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जन गर्न दिनेबारे ४ बुँदे सहमति भएको थियो ।

स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरोध गरेका हुन् । पार्किङ गरेर राखिएका फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीयलाई पक्राउ गरेको थियो । ती युवाको निसर्त रिहाई हुनुपर्ने स्थानीयको माग छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार