अटोलाई बसले ठक्कर दिँदा ३ जनाको मृत्यु

रौटहट– रौतहटमा बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । चन्द्रपुर– २ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो आज बिहान ५ बजे एक आपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको दुवै खुट्टामा चोट लागेको तथा चन्द्रपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार