काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजे सम्मको लागि स्थगित भएको छ । बिहान ९ बजेको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै ४ बजेसम्मको लागि सारिएको हो ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि आजै बिहान बस्ने भएकोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समय अभाव र स्थायी कमिटीका बाँकी सदस्य चयनमा थप गृहकार्य गर्नुपर्ने भएकोले बैठक दिउँसोको लागि सारिएको कार्यालय स्रोतले जानकारी दियो ।
यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।