सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन

काठमाडौँ– सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएको थियो । तर सहमति जुट्न सकेन ।

हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार