दार्चुलामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

धनगढी – दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

प्रहरीका अनुसार जीप सडकबाट करिब २५० मिटर तल खसेको छ। जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो।

प्रहरीको टोली भर्खरै दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार