सत्ता गठबन्धनको कार्यदल बैठक जारी

काठमाडौँ– सत्ता गठबन्धनको कार्यदल बैठक सुरु भएको छ । प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ । बुधबार अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र छलफल सुरु भएको हो ।

यसअघि तीन पटक बसेको कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो । आजको बैठकमा ठोस छलफल गर्ने कार्यदलको तयारी छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार