जसपाका नेता हेमराज राई एमाले प्रवेश

काठमाडाैँ- काठमाडौँजनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

जसपाभित्रको अशोक राई पक्षका नेता राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । यसअघि प्रदेश १ बाट राष्ट्रियसभा उम्मेदवार भएपनि राई पराजित भएका थिए । उनलाई एमालेका सोनाम शेर्पाले हराएका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार