एमबाप्पेसँग खेल्न पाउँदा बेन्जामा उत्साहित

करिम बेन्जामा ५ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किदैछन् र यी अनुभवी स्ट्राइकरले युवा स्टार कालियनएमबाप्पेसँ फ्रान्सको अग्रपंक्ति सम्हाल्नेछन् । एमबाप्पेसँग आफ्नो साझेदारी जम्छ भन्नेमा बेन्जामालाई कुनै शंका छैन ।

‘मलाई धेरैले धेरै सुझाव दिनुभएको छ । एमबाप्पेसँग खेल्न सहज हुन्छ । उनी युवा हुन्, तर निकै निकै प्रतिभाशाली छन्,’ ३१ वर्षीय बेन्जामाले भने,‘मलाई उनको मुभमेन्ट मनपर्छ । उनले जसरी खेल्छन्, त्यो मनपर्छ । अब मैदानमा हामी दुबै राम्रो गर्नेछौं । मलाई यसमा शंका छैन ।’

उनले टोलीमा अन्य स्टार खेलाडीहरु एन्टोनियो ग्रिजम्यान, ओलिभर जिराउड, पाउल पोग्बाजस्ता आक्रामक खेलाडीहरु पनि रहेको बताए ।

सन् २००७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका बेन्जामाले ८१ खेलमा २७ गोल गरेका छन् । उनी भर्खरै मात्र युरो कपका लागि टोलीमा छानिएका हुन् । उनको अनुपस्थितीमा फ्रान्सले २०१८ को विश्वकप जित्यो र यस विश्वकपमा युवा स्टार कालियन एमबाप्पे छाएका थिए । एमबाप्पेले २०१७ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार