बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एक जना पक्राउ
'चार सय सुरक्षाकर्मी परिचालन, अवस्था भयावह हुने स्थानीयकाे चेतावनी'
काठमाडौँ– बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिकाबाट फोहोर लिएर गएका गाडीलाई अवरोध गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि नेपाल प्रहरीका दुईजना एसपीको कमाण्डमा दुई सयभन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।
फोहोर बिसर्जन स्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका डिएसपी दामोदर ढोडारीको नेतृत्वमा बञ्चरे डाँडामा डेढ सय भन्दा बढी सशस्त्र प्रहरी खटिएका छन् । मंगलबार फोहोर बिसर्जनमा स्थानीयले अवरोध गरेपछि प्रहरी ५ राउण्ड हवाई फायर गरेको थियो ।
अहिले सहज रुपमा फोहोर विसर्जनको काम भइरहेको प्रहरीले जनाएको छ ।