गरिमा क्यापिटलको सिइओमा निर्मल भट्टराई नियुक्त

गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निर्मल भट्टराई नियुक्त भएका छन् । गत आइतबार बसेको कम्पनीको संचालक समितिको ५२ औं बैठकले भट्टराईलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । उनी संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका छन् । हाल उनी संस्थाको सीईओमा पदमा नियुक्त हुन सफल भएका छन् ।

यसअघि भट्टराईले गरिमा क्यापिटलको निमित्त सीईओको कार्यभार सम्हाल्दै आएका छन् ।
गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो सेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ ।

अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिस्टे«सन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड, हेज फन्डलगायत अन्य फन्डहरुको व्यवस्थापनसम्बन्धी सेवाहरु) प्रदान गर्नेछ ।

गरिमा क्यापिटलका सेवाहरु ग्राहकसमक्ष पुर्याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजीकरण हुँदै आएको छ। आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका लागि विभिन्न नवीनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने संस्थाले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार