माधव नेपालले भने- प्रतिगमन भाग २ को डटेर प्रतिवाद गरौं

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई ‘प्रतिगमन भाग २’ भनेका छन् । उनले यसको डटेर प्रतिवाद गर्न पनि आह्वान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा शुक्रबार राति प्रतिनिधि सभा विघटन गरि मध्यावधि चुनाव घोषणा गरेकी छन् । यो कदमलाई पूर्वप्रधानमन्त्री नेपालले ‘प्रतिगमन भाग २’ भनका हुन् । नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, “यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।”

उनले षडयन्त्रकारीहरूको उक्साहटमा प्रतिगमन दोहोरिएको बताएका छन् । चुनावको उद्घोष जालझेल मात्रै भएको उनको आरोप छ । “संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै ‘कू’ गर्ने अग्रसरता हो,” नेपालले भनेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार