सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अध्यारो सुरुङमा हाले

सरकारको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक संसद विघटन गरेपछि नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै त्यसको प्रतिरोध गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् नेतागण १ नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौ ।’

साथै थापाले प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधान र संसद मन नपरेको बताए । ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद ! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५)को आव्हान, अनुकुल नभएपछि फेरी विघटन १ कस्तो सेटिङ १ प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए !’ थापाले लेखेका छन् ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि मध्यरातमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार