बाबुराम र प्रचण्ड एकै ठाउँमा उभियौँ, अब कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् । मंगलबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रचण्डले अब आफूहरुलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।

‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब । अब कसैले रोकेर रोकिँदैन’, प्रचण्डले भने, ‘त्यो ठूलो कुरा हो भनेर म भन्न चाहान्छु ।’ यद्यपि आजनै पार्टी एकता भने नभएको उल्लेख गर्दै प्रचण्डले चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने समझदारी भएको बताए ।

‘अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ’, प्रचण्डले भने, ‘यसले नेपालको राजनीति र परिवर्तनलाई संस्थागत गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने कुरामा पनि निकै ठूलो महत्व छ ।’

उनले चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायतलाई समेटेर कम्युनिस्ट पार्टी बनाइने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार