प्रचण्ड र हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र धरान उपमहानरपालिकाका मेयर हर्कराज साम्पाङबीच भेटवार्ता भएको छ ।

मेयर साम्पाङ केही दिनअघि काम विशेषले काठमाडौं आएका थिए । यस क्रममा उनले विभिन्न व्यक्तिहरूसँग भेटवार्ता गरिरहेका छन् ।सोही क्रममा मेयर साम्पाङले मंगलबार प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

धरानमा श्रमदान अभियानमा डाकेका प्रचण्डलाई भेट्न साम्पाङ र बेघा प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

यसअघि उनले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग पनि भेटवार्ता गरेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार